images
images

४० जिल्लाका लागि मतपत्र छपाई सम्पन्न

  • ३ कार्तिक २०७९, बिहीबार १२:००

काठमाडौं । निर्वाचन आयोगले ४० जिल्लाको मतपत्र छपाई सम्पन्न गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित प्रणालीतर्फ हालसम्म ४० जिल्लाको १ करोड ५४ लाख ३४ हजार ५ सय मतपत्र छपाई सम्पन्न भएको आयोगका सहप्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो । आयोगले हालसम्म कर्णाली र सुदरपश्चिका सबै जिल्लाको मतपत्र छपाई सम्पन्न गरेको छ । यस्तै ल्ुम्बिनी प्रदेशको रुपन्देही र गण्डकीको पवर्तबाहेक अन्य सबै जिल्लाको मतपत्र छापिसकिएको सहप्रवक्ता भुसालले बताउनुभयो ।

आयोगले आजदेखि समानुपातिक तर्फको दोस्रो चरणको मतपत्र ढुवानी गर्न थालेको छ । पहिलो चरणअन्तर्गत प्रदेश १, मधेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ ।