images
images

आमाको मृत्युपछि शोकमा रहेका किरियापुत्रीले गरे मतदान

  • ४ मंसिर २०७९, आईतवार १३:३६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा तीन जना किरियापुत्रीले मतदान गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ मा किरियापुत्रीले मतदान गरेका हुन् । तीन दिनअघि आमाको मृत्यु भएपछि किरियामा बसेका स्थानीय चुर्णप्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, मानबहादुर श्रेष्ठ र पुर्ण प्रसाद श्रेष्ठले मतदान गरेका हुन् । आमाको मृत्युको शोकमा रहेका उनीहरुले कालिदेवि मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

उता ओखलढुंगामा पनि किरियापुत्रीले मतदान गरेका छन् । जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर १० कटुञ्जेमा चार जना किरियापुत्रीले मतदान गरेका हुन् ।