images
images

बझाङमा हिमपहिरोः ३ जना बेपत्ता, २ जना घाइते

  • ७ जेष्ठ २०८०, आईतवार १७:३४

बझाङ । बझाङमा हिमपहिरोमा परी ३ जना बेपत्ता भएका छन भने दुई जना  घाइते भएका छन् ।

सुर्मा गाउँपालिका २ को धानशेरा भन्ने स्थानमा आज बिहान हिमपहिरो खस्दा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी जागेश्वर भण्डारीले बताउनुभयो । उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको उहाँले जानकारी दिनुभयो । तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उहाँको भनाइ छ । हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन ।