images
images

बागमती प्रदेशका जिल्लामा सोनाम ल्होछार पर्व धुमधामका साथ मनाइँदै

  • ८ माघ २०७९, आईतवार ०७:५४

दोलखा । तमाङ समुदायको विशेष पर्व सोनाम ल्होछार आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

तमाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुल्क प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविधि कार्यक्रम गरि मनाउन लागिएको हो । तमाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाईँदैछ । ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको अर्थ नयाँ हो । प्रत्येक वर्ष एक÷एक वटा जनावर तथा चराचुरुगीको नाममा फेरिने ल्हो अर्थात वर्ग अनुसार बाघ वर्गलाई बिदा गरी विरालो वर्गलाई स्वागत गरिदैँछ ।

सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पुर्णिमासम्म मनाउने भए पनि विशेष गरेर तमाङहरुको घरघरमा ५ दिन भव्य रुपमा मनाउँदै आएका छन् । ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पुजा गरी दज्र्यु गाड्ने, छो प्रसाद वितरण गर्ने शुभकामना आदानप्रदान गर्ने, मान्यजन बाट आशिर्बाद ग्रहण गर्ने, चेलिबेटी, इष्टमित्र भेटघाट र सामुहिक भोज तथा सांस्कृतिक कार्यक्रम गर्ने गरिएको छ ।