images
images

शैलुङ गाउँपालिकामा दरबन्दी अनुसारको कर्मचारी नहुँदा समस्या

  • ८ जेष्ठ २०८०, सोमबार १२:२५

दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा दरवन्दी अनुसारको कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या भएको छ ।

३५ जनाको स्थायी दरबन्दी रहेको शैलुङ गाउँपालिकामा हाल १४ जनाले कार्यसम्पादन गर्दा निकै समस्या भएको हो । पालिकामा दरवन्दी अनुसारको कर्मचारी नहुँदा पालिकाबासीलाई सेवा प्रवाहमा समस्या भएको छ । जसका कारण सेवाग्राहीले भनेजस्तो सेवा पाउन नसकेका हुन् । शैलुङमा १९ जनाको दरबन्दी रिक्त रहेको गाउँपालिकाका सूचना प्रबिधि अधिकृत ठमिरप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार महिला विकास निरीक्षक, असिस्टेन्ट सब ईन्जिनियर, सब ईन्जिनियर, अधिकृत छैँटौँ, सहायक पाँचौ, लेखा अधिकृत लगायत १९ जनाको दरबन्दी रिक्त रहेको छ । रिक्त दरबन्दी पदपूर्तिका लागि गाउँपालिकाले २०७९ साल साउन यता पटक पटक पत्राचार गरिए पनि अझै रिक्त दरबन्दी पदपूर्ति हुन नसकेको शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

३५ जनाको स्थायी दरबन्दी रहेको शैलुङ गाउँपालिकामा हाल १४ जनाले कार्यसम्पादन गर्दा निकै समस्या भएको हो । सरुवा भएर आउने कर्मचारी दुई रहेपनि काज सरुवा भएर १२ जना कर्मचारी अन्य स्थानमा जाँदा पालिकालाई सेवा प्रवाहमा समस्या भएको गाउँपालिकाले जनाएको छ ।

उहाँका अनुसार कर्मचारीले माग गरी अन्य स्थानमा काजसरुवा जान पाईने व्यवस्थाका कारण पनि धेरै दरबन्दी रिक्त रहेको हो । अध्यक्ष श्रेष्ठले अन्य स्थानमा जाने व्यवस्था रहेपनि रिक्त रहेको स्थानमा समयमा पदपूर्ति नगरिँदा समस्या भएको बताउनुभयो । यद्यपि समस्या समाधानको पहल भैरहेको उहाँको भनाई छ ।
यसअघि काज सरुवाको व्यवस्था नहुँदा रिक्त दरबन्दीको समस्या कम रहेपनि काज सरुवाको व्यवस्थाले सरुवा लिएर आउने भन्दा जाने कर्मचारी बढी हुँदा सेवा प्रवाहमा निकै समस्या कर्मचारीहरुको गुनासो छ ।
आठ वटा वडा रहेको शैलुङमा सबै वडामा प्रशासन सेवातर्फको दरबन्दी भएपनि स्वास्थ्य सेवातर्फका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएर कार्यसम्पादन हुँदै आएको छ । सरुवा भएर आउने कर्मचारी दुई रहेपनि काज सरुवा भएर १२ जना कर्मचारी अन्य स्थानमा जाँदा पालिकालाई सेवा प्रवाहमा समस्या भएको गाउँपालिकाले जनाएको छ । प्राबिधिक कर्मचारी करारमा राख्न पाईने भएपनि प्रशासनिक सेवातर्फको कर्मचारी करारमा नियुक्त गर्न नमिल्ने भएका कारण पनि थप समस्या भएको हो । गाउँपालिकाले गत फागुनमा प्राबिधिकतर्फ ३ जना कर्मचारी करारमा नियुक्त गरेको छ ।