images
images

मन्त्री खड्काको सक्रियताः पहिरो र नदी नियन्त्रणकालागि दोलखालाई १२ करोड बजेट

जिरी (दोलखा) । वर्षेनी बाढी पहिरोको जोखिममा पर्ने गरेको दोलखा जिल्लामा पहिरो तथा नदी नियन्त्रणकालागि उल्लेख्य बजेट बिनियोजन भएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि दोलखालाई उच्च प्राथमिकतामा राख्दै बजेट बिनियोजन गरेको हो । जस अनुसार आगामी आर्थिक बर्ष नदी तथा पहिरो नियन्त्रण कार्यक्रम अन्तर्गत दोलखालाई १२ करोड २५ लाख बजेट बिनियोजन भएको छ । दोलखावाट निर्वाचित सांसद विशाल खड्का प्रदेश सरकारको वन तथा वातावरण मन्त्री नियुक्त भएपछि पहिलो पटक दोलखालाई यतिधेरै बजेट परेको हो । मन्त्रालयले जिल्लाका ७१ वटा योजनालाई प्राथमिकतामा राख्दै बाढी, पहिरो तथा खोला र नदी नियन्त्रणको कार्यक्रममा समेटिएको छ ।

प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत छनौटमा परेका ७१ योजना मध्ये मेलुङ गाउँपालिकामा सबैभन्दा बढी १७ योजना, गौरीशंकर गाउँपालिकामा १६, बैतेश्वरमा १०, कालिञ्चोक गाउँपालिकामा ९, भीमेश्वर नगरपालिकामा ६, जिरी नगरपालिकामा ५ र शैलुङ तथा विगु गाउँपालिकामा ३/३ र तामाकोशी गाउँपालिकामा २ वटा योजना परेका छन् । ती मध्ये ४५ वटा पहिरो नियन्त्रणका योजना छन् भने २१ वटा नदी तथा खोला नियन्त्रणका योजना रहेका छन् । ५ वटा तटबन्धन तथा बाँध व्यवस्थापनको योजनालाई पनि बजेटमा समेटिएको छ । यी बाहेक बजेटमा विभिन्न स्थानीय तहका बस्ती संरक्षणकालागि पनि बजेट विनियोजन भएको छ । पहिरो तथा नदी नियन्त्रणका योजनाका लागि १० लाख देखि ४५ लाखसम्म बजेट विनियोजन भएको छ ।

सबैभन्दा बढी बजेट मेलुङ गाउँपालिकाको वडा नम्बर ७ मा नदी नियन्त्रणका लागि परेको छ । मेलुङ ७ मा खोला तथा नदी नियन्त्रणको योजनालाई १० देखि ४५ लाखसम्म परेको छ । मेलुङ ७ स्थित तामाकोशी नदी नियन्त्रण कार्य, थामीखेत कसेरी, सितलीमा खहरे खोला नियन्त्रण तथा बस्ती संरक्षणका लागि ४५÷४५ लाख, मेलुङ ७ फड्केबेसी तामाकोशी नदी नियन्त्रणका लागि ३५ लाख, फड्केखोला दोभान नदी नियन्त्रण, ठाडीपैरी फड्केखोला नदी नियन्त्रण, सितलीबेसी तामाकोशी नदी नियन्त्रण, ज्यामिरे तामाकोशी नदी नियन्त्रण, पौव तामाकोशी नदी नियन्त्रण र मालुखोला तामाकोशी नदी नियन्त्रणका लागि ३०/३० लाखका दरले बजेट विनियोजन भएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गत विनियोजन भएका यी योजनाको काम भू तथा जलाधार व्यवस्थापन कार्यालय सिन्धुपाल्चोकबाट हुनेछ ।

कालिञ्चोकको लापिलाङमा पहिरो रोकथाम तथा नियन्त्रणका लागि मन्त्री खड्काको सक्रियतामा बागमती प्रदेश सरकारले यसअघि नैं २ करोड बजेट निकासा पठाएको थियो । वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटबाट कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ को घट्टेखोला पहिरो नियन्त्रणका लागि ४० लाख, राम्चे पहिरो नियन्त्रणका लागि ४० लाख बजेट खर्चको अख्तियारी दिएको थियो भने बोजोबारी पहिरो नियन्त्रणका लागि ३० लाख, बन्देथली पहिरो नियन्त्रणका लागि ३० लाख, पहिरे सामुदायिक वन पहिरो नियन्त्रणकालागि ३० लाख र बम्पथली पहिरो नियन्त्रणका लागि ३० लाख बजेट खर्चको अख्तियारी पठाएको थियो ।

हेर्नुहोस् पहिरो नियन्त्रणका योजना र बजेटः

गौरीशंकर गाउँपालिका

गौरीशंकर ५ तिनेखुमा सिम खेत माझ खेत पहिरो रोकथाम तथा नियन्त्रण –२५ लाख
गौरीशंकर ९ टासिनाममा फेदी पहिरो नियन्त्रण –१५ लाख
गौरीशंकर १ स्थित नकर्पा खोला पहिरो रोकथाम –१० लाख
गौरीशंकर ८ खारेमा सुलिङ सडक पहिरो नियन्त्रण –१० लाख
गौरीशंकर ३ मा ससेर्पु आवि पहिरो रोकथाम–२५ लाख
गौरीशंकर ४ मा सरपारी गर्दिङ पुराना गाउँ पहिरो नियन्त्रण –१५ लाख
गौरीशंकर ३ ससेर्पूमा वडा कार्यालय भू संरक्षण÷पहिरो रोकथाम तथा नियन्त्रण –१५ लाख
गौरीशंकर १ मा बोजुम्पु पहिरो नियन्त्रण –१५ लाख
गौरीशंकर ८ मा कसेरी बेसी भिरकुना पहिरो नियन्त्रणका लागि –१५ लाख
गौरीशंकर ३ जलदेवी सेराकाप्ती खण्डमा पहिरो नियन्त्रण –२० लाख
गौरीशंकर ५ सुरीस्थित शिवलिङ्गेश्वर प्रावि पहिरो नियन्त्रण –१० लाख
बैतेश्वर गाउँपालिका
बैतेश्वर ५ स्थित जलदेवी मावि पहिरो नियन्त्रण– १५ लाख
बैतेश्वर १ मा जिप्टेकोशी पहिरो नियन्त्रणका लागि –१५ लाख
बैतेश्वर ६ मा मविर खेत पहिरो नियन्त्रण –२० लाख
बैतेश्वर ३ तारेभिरमा तारेभिर, चरापानी पहिरो नियन्त्रण –२० लाख
बैतेश्वर ३ मझुवास्थित दमाईटोल, सल्लेनी बस्ती पहिरो नियन्त्रण –२० लाख
बैतेश्वर २ खरिस्वारा पहिरो रोकथाम तथा नियन्त्रण –१५ लाख
वैत्यश्वर ४ ओखरे पहिरो नियन्त्रण–१० लाख
कालिञ्चोक गाउँपालिका
कालिञ्चोक गाउँपालिका १ कुरी पेमाछोइलिङ गुम्बा पहिरो नियन्त्रण–१५ लाख
कालिञ्चोक ८ मा मानेभट्टी भट्टेली सडक पहिरो नियन्त्रण– १० लाख
कालिञ्चोक ९ मा बुर्मी खोला पहिरो नियन्त्रण –१० लाख
कालिञ्चोक ३ मा झ्याँकुटार चिउरीखर्क खोला पहिरो नियन्त्रण –२० लाख
कालिञ्चोक ७ मा सिसागोलाई बस्ती तथा पहिरो नियन्त्रण –१० लाख
कालिञ्चोक ३ मा झ्याँकुटार चिउरीखर्क खोला पहिरो नियन्त्रण –२० लाख
कालिञ्चोक ४ बन्चरेमा भष्मे पहिरो नियन्त्रण–२० लाख
कालिञ्चोक ७ मा सिसागोलाई बस्ती तथा पहिरो नियन्त्रण –१० लाख
भीमेश्वर नगरपालिका
भीमेश्वर ९ स्थित पिडालुबारी पहिरो नियन्त्रण –१० लाख
भीमेश्वर १ मा फेदीको पहिरो नियन्त्रण –१५ लाख
भीमेश्वर १ मा काँचो पाते पहिरो नियन्त्रण –१५ लाख
भीमेश्वर १ बुमा बोखरे खोला पहिरो नियन्त्रण –१० लाख
भीमेश्वर ५ धरमघरमा सिमपधेरी खोला पहिरो नियन्त्रण तथा बस्ती संरक्षण–१० लाख
भिनपा ९ सुर्के मावि पहिरो नियन्त्रण –१५ लाख
जिरी नगरपालिका
जिरी ३ स्थित गुन्सा पहिरो नियन्त्रणका लागि –१० लाख
जिरी २ स्थित कालो खोला पहिरो नियन्त्रण–३० लाख
जिरी ९ मा जोगीबारी मौरे सडक पहिरो नियन्त्रणका लागि –२५ लाख
जिरी १ स्थित पुम्पा यार्सा मेताङ्गे बाँसा पहिरो नियन्त्रण –२० लाख
शैलुङ गाउँपालिका
शैलुङ ६ स्थित दलितटोल पहिरो नियन्त्रण –१५ लाख
शैलुङ २ मा मगर गाउँ पहिरो नियन्त्रण –१० लाख
शैलुङ ३ मा बाखोर बजार पहिरो नियन्त्रण –१५ लाख
मेलुङ गाउँपालिका
मेलुङ ४ स्थित ढुंङग्रेदेवी आवि छेउमा पहिरो नियन्त्रण– १० लाख
मेलुङ्ग–६ मा त्रिभुवन उच्च मावि पहिरो नियन्त्रण–१५ लाख
मेलुङ ५ मा खोला पहिरो नियन्त्रण –१० लाख
तामाकोशी गाउँपालिका
तामाकोशी ४ मा आहाले बस्ती पहिरो नियन्त्रण –२० लाख
तामाकोशी २ झुलेमा रातो पहिरो नियन्त्रण –१० लाख
विगु गाउँपालिका
विगु ३ मा बुलुङ पहिरो नियन्त्रण –१० लाख
नदी तथा खोला नियन्त्रणका योजना र बजेट
मेलुङ ६ मा फड्के खोला नियन्त्रणका लागि –१५ लाख
मेलुङ ६ निगासे ठूलो खोला नियन्त्रण–१५ लाख
मेलुङ ५ मा बोद्ले खोला नियन्त्रण –१५ लाख
मेलुङ ६ मा मिल्ती खोला नियन्त्रण– १० लाख
मेलुङ ७ मालुखोला तामाकोशी पुल नियन्त्रण –३० लाख
मेलुङ ७ पौव तामाकोशी नदी नियन्त्रण –३० लाख
मेलुङ ७ ज्यामिरे तामाकोशी नदी नियन्त्रण –३० लाख
मेलुङ ७ ुिसतलेबेसी तामाकोशी नदी नियन्त्रण– ३० लाख
मेलुङ ७ ठाडिपैरी फड्के खोला नदी नियन्त्रण –३० लाख
मेलुङ ७ फड्केखोला दोवान नदी नियन्त्रण –३० लाख
मेलुङ ७ फड्केबेस तामाकोशी नदी नियन्त्रण– ३५ लाख
मेलुङ ७ मा तामाकोशी नदी नियन्त्रण कार्य, थामीखेत कसेरी –४५ लाख
मेलुङ ७ मा खहरे खोला नियन्त्रण तथा बस्ती संरक्षण सितली –४५ लाख
मेलुङ ७ सिस्ने खोला खहरे नियन्त्रण –२५ लाख
बैतेश्वर ५ सुलीडाँडा गुह्य खोला नियन्त्रण –१० लाख
बैतेश्वर १ स्थित गोपी खोला नियन्त्रण –२० लाख
विगु ४ स्थित सिंगटी नदी नियन्त्रण –३० लाख
विगु ४ लाखदुक स्याल्ज्याङ खोला नियन्त्रण –२० लाख
गौरीशंकर ४ तामाकोशी झाङराली नदी नियन्त्रण –२५ लाख
गौरीशंकर ४ पुल छेउ तामाकोशी झाङराली नदी नियन्त्रण –२० लाख
जिरी २ एलुङ नदी नियन्त्रण –१० लाख
तटबन्धन तथा बाँध व्यवस्थापन
गौरीशंकर ८ मा खारे खोला तटबन्धन निर्माण–१५ लाख
गौरीशंकर २ स्थित पिखुती तामाकोशी खोला तटबन्ध– १५ लाख
गौरीशंकर ८ खारेमा पिँडाले खोला तटबन्धन निर्माण –१० लाख
बैतेश्वर ३ मा पात्ले सोती खोला बाँध व्यवस्थापन– १५ लाख
कालिञ्चोक ३ मा डाङडुङे खोला तटबन्धन –१५ लाख