images
images

काठमाडौँ ४ बाट गगन थापा निर्वाचित

  • ६ मंसिर २०७९, मंगलवार ११:२५

काठमाडौँ । नेपाली कांग्रेशका महामन्त्री गगन थापा प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएका छन् ।

काठमाडौँ ४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पराजित गरेका हुन् । भट्टराईलाई थापाले ७ हजार ४ सय ५७ मतान्तरले पराजित गरेका हुन् ।कांग्रेशका महामन्त्री समेत रहेका थापा २१ हजार ३०२ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत पाएका छन् । सो क्षेत्रमा कुल ४५ हजार ५ सय ३ मत खसेको थियो । थापाको सो क्षेत्रबाट चौथो जित हो ।