images
images

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले राजीनामा दिने

  • ७ पुष २०७९, बिहीबार १५:३१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिनुहुने भएको छ ।

संवैधानिक जटिलता सिर्जना भएपछि उहाँले राजीनामा दिने तयारी गर्नुभएको हो । संघीय सांसदको सपथ दिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनधिसभा सदस्यको रुपमा रहने भएपछि पाण्डेले राजीनामा दिन लाग्नुभएको छ । यसअघि मुख्यमन्त्री पदबाट राजनिामा नगरी पाण्डेले प्रतिनिधिसभा सदस्यको सपथ लिएपछि चौतर्फि आलोचना भएको थियो । पाण्डेले भोली पदबाट राजीनामा दिने तयारी गरेको प्रदेश सरकारका प्रवक्ता कृष्ण प्रसाद शर्मा खनालले जानकारी दिनुभयो ।

उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । नेकपा एकिकृत समाजवादीको केन्द्रिय उपाध्यक्ष समेत रहेका पाण्डेले २०७८ कात्तिक १ गते प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो ।