रामेछाप। रामेछापस्थित तामाकोशी नदी किनारामा एक महिला मृत फेला परेकी छिन् ।
जिल्लाको मन्थली नगरपालिका वडा नम्बर २ एक्लेबरस्थित तामाकोशी नदी किनारमा अन्दाजी ४०/४५ वर्षीया एक महिला मृत फेला परेकी हुन् । आज मध्यान्ह करिब १२ बजे उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार उनको सनाखत भने भएको छैन ।