images
images

जबर्जस्ती करणी गरेको आरोपमा रामेछापबाट एक पुरुष पक्राउ

  • ९ चैत्र २०७८, बुधबार १५:१९

रामेछाप । रामेछापमा जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

रामेछापको मन्थली १ बसोबास गर्दै आएका दैलेख चामुण्ड घर भएका रुकुम बुढालाई प्रहरीले जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो । मन्थलीस्थित बाख्रा फर्ममा काम गर्दै आएका ३७ वर्षीय बुढाले स्थानीय एक महिलालाई चिया पिउने प्रस्ताव गरी फर्मभित्र लगेको र जबर्जस्ती करणी गरी कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । पीडित महिलाको जाहेरीपछि बुढालाई मन्थली १ कै भैँसेश्वरबाट पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको छ । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।