images
images

एमालेको जिल्लामा केन्द्रीय सदस्य, पालिकामा प्रदेश सदस्य, वडामा जिल्ला सदस्यले चुनावी कमाण्ड गर्ने

  • ९ चैत्र २०७८, बुधबार १६:०४

काठमाडौं । एमालेको जिल्लामा केन्द्रीय सदस्य, पालिकामा प्रदेश सदस्य, वडामा जिल्ला सदस्यले चुनावी कमाण्ड गर्ने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरुलाई एक तह मुनिको भुगोलमा खटिन निर्देशन दिनुभएको हो । भुगोलबाहेक गैर भौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरु आफु सम्बद्ध जिल्लामा निर्वाचनमा केन्द्रित हुनुपर्नेछ । जसअनुसार गैरसरकारी संस्थाहरुका इञ्चार्ज पार्वत गुरुङ अब चुनाव अवधिभर दोलखामा खटिनुपर्नेछ भने अनेरास्ववियुका इञ्चार्ज माधव ढुंगेल रामेछापमा गएर खटिनुपर्नेछ । यस्तै प्रदेश किमिटिका सबै सदस्यहरु आफु जुन पालिकाको मतदाता हो सोही पालिकामा गएर खटिनुपर्नेछ भने जिल्ला कमिटिका सदस्यहरु आफ्नो वडामा गएर खटिनुपर्नेछ । वडा कमिटिका सबै सदस्यहरु आफु रहेको टोलमा खटिनुपर्नेछ भने टोल कमिटिका सदस्यहरु घरधुरी बाँडेर निर्वाचन तयारीको काममा केन्द्रित हुनुपर्ने एमालेले जनाएको छ ।