images
images

आज बागमती प्रदेशभा सर्वदलीय बैठक बस्दै

  • ८ पुष २०७९, शुक्रबार ०८:२७

जिरी(दोलखा) । आज बागमती प्रदेशको सर्वदलीय बैठक बस्दैछ ।

बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको सपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले आज विहान ११ बजे प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक आह्वान गरिएको हो । सर्वदलीय बैठकपछि नवनिर्वाचित सदस्यहरूलाई सपथग्रहण गराउन सबै प्रदेशसभाका सदस्यहरुलाई सूचनाको सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

बागमती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेशसभाका ज्येष्ठ सदस्य  रामप्रसाद ढुङ्गानाले प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट सपथग्रहण गर्नेछन् । त्यसपछि प्रदेशसभाका बाँकी १०९ जना सदस्यलाई उनले नै सपथ गराउने कार्यसूची रहेको छ ।