
हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन गठित कार्यदलले तयार पारेको प्रतिवेदन आज मुख्यमन्त्री शालिग्राम जम्कट्टेललाई बुझाइएको छ ।
मन्त्रालयको संख्या घटाएर ९ वा ११ वटा मन्त्रालय बनाउने विषयमा कार्यदलले तयार पारेको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाईएको हो । मन्त्रिपरिषदको आज साँझ बस्ने बैठकले प्रदेशका मन्त्रालयको अन्तिम निर्णय लिने भएको हो । गत पुस २६ गते मुख्यमन्त्री जम्कट्टेलले मुख्यमन्त्रीको सपथ लिएकै दिन मन्त्रालयको संख्या घटाउन कार्यदल गठन गर्नुृभएको थियो । प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको संयोजकत्वमा रहेको सो कार्यददले प्रदेशको काम र व्ययभारका आधारमा ९ वा ११ वटा मन्त्रालय कायम गर्न सुझाव दिएको छ ।
सो सुझावका आधारमा मन्त्रिपरिषदको आज साँझ बस्ने बैठकले अन्तिम निर्णय गर्नेछ । यसअघि बागमती प्रदेशमा १४ वटा मन्त्रालय रहेका छन् ।