images
images

दोलखाको नयाँ प्रमुख जिल्ला अधिकारीमा खतिवडा

  • १० चैत्र २०७८, बिहीबार ०६:३५

दोलखा । दोलखाको नयाँ प्रमुख जिल्ला अधिकारीमा सह–सचिव भोजराज खतिवडा आउनुहुने भएको छ ।

गृहमन्त्रालयले राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव खतिवडालाई दोलखाको प्रजिअ बनाएर पठाउने निर्णय गरेको हो । तत्कालीन प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले अवकास पाएर गएसँगै करिव एक महिना अघिदेखि दोलखा निमित्त प्रजिअको भरमा चलिरहेको थियो । निमित्त प्रजिअको जिम्मेवारी दिपक कोइरालाले सम्हाल्दै आउनुभएको छ । गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणी पोखरेलले दोलखामा नयाँ प्रजिअका रुपमा खतिवडालाई पठाउने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै गृहमन्त्रालयले पर्वतको प्रमुख जिल्ला अधिकारीमा सहसचिव नारायणप्रसाद सापकोटालाई पठाउने निर्णय गरेको छ ।