images
images

बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लुको संक्रमण

  • १० चैत्र २०७८, बिहीबार ०८:३७

हेटौंडा । बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको छ ।

प्रदेशको कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको हो । बर्डफ्लुका कारण हालसम्म करिव तीन करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको मन्त्रालयका सहसचिव डा.शरण कुमार पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार गत माघ १६ गतेदेखि प्रदेशका विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको हो । बर्डफ्लु देखिएका स्थानमा हालसम्म ५८ हजार २ सय ६१ वटा पंक्षि, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दान सुरक्षित तरिकाले नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले बर्डफ्लुको कारण क्षति व्यहोरेका कृषकलाई संघीय र स्थानीय सरकारसँगको सहकार्यमा क्षतिपुर्ति दिने विषयमा छलफल सुरु गरेको हो । बर्डफ्लु पंक्षिबाट मानिसमा सहजै सर्ने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको छ ।