images
images

दोलखा सहित तीन जिल्लाको मतगणना बाँकी

  • ८ मंसिर २०७९, बिहीबार १९:३४

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको छ।

बाजुरा, स्याङ्जा र दोलखाका तीन निर्वाचन क्षेत्रमा मतगणना हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचनका विषयमा उठेका प्रश्नको निरुपणका लागि अनुसन्धान भइरहेकाले दोलखा सहित तीन निर्वाचन क्षेत्रमा मतगणनामा ढिलाइ भएको उहाँले बताउनुभयो ।

कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ। हालसम्म प्राप्त नतिजा अनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले ३२ स्थानमा जित हात पारेको छ भने २१ स्थानमा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले २० स्थानमा जित, २७ स्थानमा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ ९ स्थानमा जित हात पारेको छ भने ८ स्थानमा अग्रता लिएको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित र १ स्थानमा अग्रता बनाएको छ भने नेकपा एकिकृत समाजवादीले प्रतिनिधिसभातर्फ ७ स्थानमा जित र ३ स्थानमा अग्रता बनाएको छ । राप्रपाले ४ स्थानमा जित र ३ स्थानमा अग्रता लिएको छ भने जसपाले २ स्थानमा जित र चार स्थानमा अग्रता लिएको छ ।