images
images

दोलखामा एकैदिन ५० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २ सय नाघ्यो

  • ११ माघ २०७८, मंगलवार ०८:३८

दोलखा । दोलखामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ५० जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय २५ पुगेको हो । पालिकाहरुमा १ सय ६ जनाको एन्टिजेन परिक्षण गर्दा ५० जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार आज वैतेश्वर र तामाकोशी गाउँपालिकामा सवैभन्दा बढी १७ /१७ जनामा संक्रमण पुष्टि भएको छ भने भीमेश्वर नगरपालिकाका १० जना संक्रमित भएका छन् । यसैगरी कालिञ्चोक गाउँपालिकाका ४ जना तथा गौरीशंकर र विगु गाउँपालिकाका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल भीमेश्वर नगरपालिकामा सबैभन्दा बढी ६१ जना सक्रिय संक्रमित छन् । यस्तै तामाकोशी गाउँपालिकामा ४२, जिरी नगरपालिकामा ४०, शैलुङ गाउँपालिकामा २९ जना सक्रिय कोरोना संक्रमित छन् । वैतेश्वर गाउँपालिकामा २७ जना, कालिञ्चोकमा १७, गौरीशंकरमा ७, मेलुङमा ३ तथा विगु गाउँपालिकामा २ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ६ जना कोरोनामुक्त भएका छन् ।