images
images

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट कांग्रेसका बस्नेत विजयी

  • ९ मंसिर २०७९, शुक्रबार ०६:०४

सिन्धुपालचोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहन बहादुर बस्नेत विजयी भएका छन् ।

आज बिहान सकिएको मतगणना अनुसार बस्नेतले नेकपा एमालेका शेरबहादुर तमाङलाई ११ हजार ८ सय ७४ भारी मतान्तरसहित पराजित गरेका हुन् । बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउँदा एमालेका तमाङmे २७ हजार ४ सय ९३ मत मात्रै ल्याएका छन् ।

बस्नेतसँगै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा खमा कांग्रेसका कृष्णकुमार तमाङ समिर विजयी भएका छन् । एमालेका हस्त पण्डित भन्दा १ हजार ५ सय ५ मत बढी ल्याउँदै समितर बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले १७ हजार ७ सय ५८ मत ल्याउँदा एमालेका हस्त पण्डितले १६ हजार २ सय ५३ मत प्राप्त गरेका थिए ।