
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं २ (२) मा नेपाली कांग्रेसका कृष्णकुमार तामाङ प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार हस्तबहादुर पण्डितलाई एक हजार ५ सय ५ मतले पराजित गर्दै तामाङ विजयी भएका हुन् । जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार तामाङले १७ हजार ७ सय ५८ मत ल्याएका भने उनका पण्डितले १६ हजार २ सय ५३ मत पाएका छन् ।