images
images

जनकपुरमा तनाव, जनमत पार्टीका कार्यकर्ता र प्रहरीबिच झडप

  • १२ माघ २०७८, बुधबार ०४:२४

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुधाममा विहानैदेखि प्रर्दशन जारी छ ।

उनीहरुले जनकपुरधामको विभिन्न स्थानमा प्रदर्शन गरिरहेका हुन् । उनीहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी पनि जनकपुरमा तोडफोड गरेका छन् ।राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न जनकपुरधाम आउँदै गरेका हरिवन नगरपालिकाका गणेश प्रसाई सवार गाडी तोडफोड भएको हो । गाडी तोडफोडका क्रममा नगरप्रमुख प्रसाई घाईते भएका छन् । सिके राउतका कार्यकर्ताहरुले गाडीको सिसा फुटाइदिएका छन् । उनीहरु राष्ट्रियसभा निर्वाचनको मतदानस्थल प्रवेश गर्न खोज्दा प्रहरीले लाठिचार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।

त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडपका घटना भइरहेका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आज विहानैदेखि पहिले खान देउ, अनि भोट खसाउ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।