images
images

दोलखाको विगु गाउँपालिकामा आगलागीमा परी एक वृद्धको मृत्यु

  • १४ चैत्र २०८०, बुधबार ०६:५०

दोलखा । दोलखाको विगु गाउँपालिकामा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ ।

विगु गाउँपालिका–८ खोपाचाँगुका ८३ वर्षीय खड्गबहादुर श्रेष्ठको आगलागीमा परी मृत्यु भएको हो । जस्ताले बारेको जस्ताकै छाना भएको टहरा बनाई किराना पसल गर्दै आएकोमा अचानक आगलागी भएर उनको मृत्यु भएको हो । ती वृद्ध घरमा एक्लै बस्दै आएका थिए । एक्लै बस्दै आएका उनको आज बिहान करिब ३ बजे आगलागीमा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती वृद्धको शरीर ५० प्रतिशत जलेर नष्ट भएको र करिब ३/ ४ लाख बराबरको धनमाल नष्ट भएको छ । सिंगटी प्रहरीका अनुसार आगलागीको कारण भने खुल्न सकेको छैन । प्रहरी र स्थानीयको सहयोगमा आज बिहान आगो पूर्ण रुपमा नियन्त्रण लिइएको छ ।

फाइल तस्वीर ।