images
images

शौचालयमा लडेर गम्भीर घाईते भएकी काभ्रेकी महिलाको मृत्यु

  • १४ चैत्र २०८०, बुधबार ०९:२३

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा शौचालयमा लडेर एक महिलाको मृत्यु भएको छ ।

भुम्लु गाउँपालिका–१० की ५० वर्षीय शान्ता पहरीको शौचालयमा लडेर मृत्यु भएको हो । ज्वरो, रुघा र खोकी लगायतको बिरामी भएकी पहरीलाई श्रीमान रामबहादुर पहरीले अस्पताल लगेका थिए । अस्पतालमा रगत परीक्षण र पेटको एक्सरे लगायको परीक्षण गरेपश्चात उनलाई श्रीमानले शौचालय लगेका थिए । शौचालय गएकी उनी लडेर गम्भीर घाईते भएकी थिइन् । गम्भीर घाईते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।