images
images

छानविन समितिको प्रतिवेदनः दोलखामा स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन सकेन

  • ११ मंसिर २०७९, आईतवार १६:४४

जिरी (दोलखा) । निर्वाचन आयोगको जाँचबुझ टोलीले आज प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई प्रतिवेदन बुझाएको छ ।

दोलखामा बुथ कब्जा भएको भन्दै आयोगमा उजुरी परेपछि आयोगले खटाएको जाँचबुझ टोलीले जिल्लाकोे स्थलगत अध्ययनपछि आज प्रमुख निर्वाचन आयुक्त थपलियालाई प्रतिवेदन बुझाएको हो । जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ । वस्तुस्थिति बुझ्न आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली खटाएर छानविन गरेको थियो । प्रतिवेदनको आधारमा निर्णय लिन आयोगमा आयुक्तहरूको बैठक जारी छ । प्रतिवेदनमा मतदान केन्द्र कब्जा गरिएको, हुलहुज्जत गरेर स्वतन्त्र र निष्पक्ष मतदान हुन नदिएको उल्लेख छ । स्वतन्त्र र निष्पक्ष मतदान नहुनुमा दलहरू मुख्य जिम्मेवार रहेको छानविन समितिको ठहर छ । सुरक्षा व्यवस्था राम्रो भए पनि हुलहुज्जत गरेर मतदान प्रभावित पारिएको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको दिननै एमालेले जिल्लाको विभिन्न स्थानमा गठबन्धन दलले बुथ कब्जा गरेको भन्दै पुनः निर्वाचनको माग गरी जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचन आयोगमा उजुरी गरेको थियो ।