images
images

सपथ लिएको पाँच दिनमै सांसद गुरुङ निलम्बनमा

  • १२ पुष २०७९, मंगलवार १७:१९

काठमाडौं । कांग्रेस नेता तथा पुर्वमन्त्री टेकबहादुर गुरुङ सांसदको सपथ लिएको पाँच दिनमै निलम्वनमा परेका छन् ।

भ्रष्टचार अभियोगमा विशेष अदालतमा मुद्धा खेपिरहेका कांग्रेस नेता गुरुङलाई सांसद पदबाट निलम्वन गरिएको हो । उनीमाथि सरकारी सम्पति हिनामिना गरेको अभियोग छ । संघीय संसद सचिवालयले आज सुचना जारी गर्दै अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्धा किनारा नलागुन्जेलसम्म संवैधानिक व्यवस्था अनुसार गुरुङ सांसद पद स्वतःनिलम्बनमा परेको जनाएको हो । कानुन अनुसार गुरुङ स्वतः निलम्बनमा परेका व्यक्ति भएपनि त्यस विपरित उनले विहिवार सांसद पदको सपथ लिएका थिए ।

तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टचार गरेको अभियोग छ । अख्तियारले उनी सहित १६ जना विरुद्ध २०७५ साल माघ १६ गते विशेष अदालतमा दायर गरेको मुद्धा विचाराधीन छ । गुरुङलाई मात्रै ३१ करोड विगो तोकिएको छ ।