images
images

प्रचण्ड नेतृत्वको सरकारमा यसरी हुँदैछ भागबण्डा

  • १४ चैत्र २०७९, मंगलवार १४:०४

काठमाडौँ । नेपाली कांग्रेसले सरकारमा पठाउने ८ जना मन्त्रीको नाम टुंगो लगाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलीसम्म मन्त्रीपरिषद विस्तार गर्न तयारी थालेपछि कांग्रेसले पनि मन्त्रीको नाम टुंगो लगाएको हो । हिजो प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, जनता समाजवादी पार्टीले २, एकीकृत समाजवादी पार्टीले २, लोकतान्त्रिक समाजवादी पार्टी,जनमत र नागरिक उन्मुक्ति पार्टीले १/१ मन्त्रालय पाउने गरी प्रस्ताव राख्नुभएको थियो । बाँकी एक मन्त्रालय स्वतन्त्र सांसदका लागि छुटयाउने प्रधानमन्त्रीको प्रस्ताव रहेको छ ।

तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्तीमा ३ मन्त्रालयको अडान राख्नुभएको छ । आफ्नो पार्टीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख लगायतका कुनै पनि पद नपाएको भन्दै ३ मन्त्रालयमा एकीकृत समाजवादीको सशक्त दाबी छ ।