images
images

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्धारा राजीनामा

  • १५ चैत्र २०८०, बिहीबार १४:४८

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिनुभएको छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष उहाँले राजीनामा पत्र बुझाउनुभएको हो । राष्ट्रियसभा उपाध्यक्ष पद सत्ता गठबन्धनको अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिनुभएको हो । अर्याल २०७९ साल माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो । राष्ट्रियसभा उपाध्यक्षका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।माओवादी केन्द्रकी स्थायी समिति सदस्य उहाँलाई नेपाली कांग्रेसले पनि साथ दिँदै उम्मेदवारी नदिएपछि निर्विरोध निर्वाचित हुनुभएको थियो ।

यसअघि, सत्ता गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको लिखित सहमतिमा राष्ट्रियसभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख गरिएको थियो । तर, गठबन्धनमा नेकपा एकीकृत समाजवादी पनि सामेल भएपछि गरिएको लिखित सहमति पत्रमा राष्ट्रियसभा उपाध्यक्ष पदबारे केही कुरा उल्लेख गरिएको छैन् । राष्ट्रियसभाको उपाध्यक्ष एकीकृत समाजवादीले पाउने स्रोतको दाबी छ । तर त्यसबारे कुनै औपचारिक घोषणा भने गरिएको छैन् ।