images
images

कांग्रेस बागमती प्रदेशले भन्योः गठबन्धनविरूद्ध दर्ता भएका उम्मेदवारी फिर्ता लिनु

  • १५ बैशाख २०७९, बिहीबार ११:१३

हैटौंडा । सत्तारुढ पाँच दलित गठबन्धन विरुद्धको दर्ता भएको उम्मेदवारी फिर्ता गर्न नेपाली कांग्रेस बागमती प्रदेश समितीले आग्रह गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै सत्तारुढ गठबन्धनविरुद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न आग्रह गर्नुभएको हो । उहाँले संविधान भत्काउने, संघीय लोकतान्त्रि गणतान्त्रिक समावेशी वयवस्थालाई कमजोर बनाउन उद्धत शक्तिविरुद्ध वर्तमान गठबन्धन बनेकाले स्वतन्त्र रुपमा दर्ता भएका उम्मेदवारी फिर्ता लिएर गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गर्नुभयो । पाँच दलीय गठबन्धनको मर्म र भावना अनुरुप संविधान र संघीयता रक्षाको लागि गठबन्धनमा रहेका दलका उम्मेदवारहरुलाई निर्वाचित गराउन विशेष भुमिका खेल्न पनि विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।