images
images

तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम सिफारिस नगर्ने एकिकृत समाजवादीको निर्णय

  • १५ चैत्र २०७९, बुधबार १६:१३

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नपठाउने भएको छ ।

आज बसेको एकिकृत समाजवदीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । ३ वटा मन्त्रालय पाउनुपर्ने आफुहरुको माग रहेको र हाल तीन वटा मन्त्रालय पाउने निश्चित नभएको र मन्त्रालयको पनि टुङ्गो नलागेकाले आफुहरु प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा रहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

यद्धपी, नेकपा समाजवादीले डा. बेदुराम भुसाल, प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने तयारी गरेको छ ।