images
images

दोलखामा ८४ जनाले लिए उम्मेदवारी फिर्ता

  • १६ बैशाख २०७९, शुक्रबार २०:२५

दोलखा । दोलखाका ८४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले तोकेको समयअवधिमा जिल्लामा ८४ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । आ–आफ्नो स्थानीय तहमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र स्वतन्त्रबाट उम्मेदवारी दिनेहरु रहेका छन् । जसअनुसार मेलुङ गाउँपालिकामा सवैभन्दा बढी १७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने तामाकोशी गाउँपालिकामा १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी विगुका १२ जना, गौरीशंकर र कालिञ्चोकका ९÷९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी दिएकामध्ये भीमेश्वर नगरपालिका र जिरीका ७/७ जना, वैतेशवरका ६ र शैलुङका एक जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतहरुले उम्मेदवारी फिर्ता लिनेहरुको तथ्यांक पठाएपनि जिल्ला निर्वाचन कार्यालय दोलखाले हालसम्म उम्मेदवारी फिर्ता लिनेको एकमुष्ठ विवरण सार्वजनिक गरेको छैन । जसका कारण कुन पदमा कति जनाले उम्मेदवारी फिर्ता लिए भन्ने जानकारी प्राप्त भएको छैन । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको थियो ।