images
images

बजेट भाषणः सामाजिक, प्रशासनिक खर्च र ऋण भुक्तानीमा १२ खर्ब विनियोजन

  • १५ जेष्ठ २०८०, सोमबार १६:४४

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहनुभएको छ ।
संघीय संसदको संयुक्त बैठकमा अहिले अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरिरहनुभएको हो । उहाँले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहने बताउनुभएको छ । अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै फराकिलो आर्थिक वृद्धिसहित सबल अर्थतन्त्र विकास गर्न आगामी आर्थिक वर्षको बजेट केन्द्रित रहने पनि बताउनुभयो । उहाँले उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्ने दिशामा बजेट उन्मुख रहने उल्लेख गर्नुभयो ।

यो पटकको बजेटमा साधारण खर्च वृद्धि भएको छ । अर्थमन्त्री महतले बिनियोजन विधेयक प्रस्तुत गर्दै तलब भत्ता, सामाजिक सुरक्षा, वित्तिय हस्तान्तरण र प्रशासनिक लगायतको साधारण खर्च तथा बढ्दो ऋण भुक्तानी दायित्व व्यवस्थापन गर्नमात्र करिब रु १२ खर्व ८० अर्ब ५५ करोड विनियोजन गर्नुपरेको बताउनुभयो ।सो रकम कुल बजेटको ७३ प्रतिशतभन्दा बढि हुन आएको अर्थमन्त्री महतले जानकारी दिनुभयो ।