images
images

आगामी आर्थिक वर्षबाट तामाकोशी पाँचौं आयोजनाको निर्माण कार्य सुरु गर्ने सरकारको घोषणा

  • १५ जेष्ठ २०८०, सोमबार १८:५१

जिरी (दोलखा) । तामाकोशी पाँचौं जलविद्युत आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्षबाट सुरु हुने भएको छ ।

सरकारले दोलखाको विगु गाउँपालिकामा निर्माण हुने तामाकोशी पाँचौंको निर्माण कार्य आगामी वर्षदेखि अघि बढाउने घोषणा गरेको हो । आज संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी दिनुभएको हो । तामाकोसी पाँचका लागि २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । यो आयोजनालाई नेपाल सरकारले चालु आर्थिक वर्षदेखिनै प्राथमिकतामा राख्दै आएको छ । केही समय अघि मात्रै तामाकोशी पाँचौं निर्माणका लागि १३ अर्ब ७५ करोडको ऋण सम्झौता भएको थियो ।

कर्मचारी सञ्चय कोषले लगानी गर्ने गरी ९९ दशमलव ८ मेगावटको आयोजना निर्माणका लागि लगानी जुटाउन नेपाल विद्युत प्राधिकरण, तामाकोशी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रीपक्षीय सम्झौता भएको हो ।