images
images

बागमती प्रदेशको ११ औँ अधिवेशन पौष १८ गते

  • १४ पुष २०७९, बिहीबार १५:३६

जिरी (दोलखा) । बागमती प्रदेश सभाको ११ औँ अधिवेशन आगामी सोमबारका लागि आह्वान गरिएको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा पौष १८ गते अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले आज शपथ लिएका छन् । सो सँगै अधिवेशन आव्हवान गरिएको हो ।