images
images

आत्मदाह गर्न खोजेका युवकलाई बचाउने क्रममा घाइते भएकी महिलाको मृत्यु

  • १६ माघ २०७९, सोमबार १५:२५

पोखरामा आत्मदाह गर्न खोजेका एक युवकलाई बचाउने क्रममा गम्भिर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१३ काँहुखोलाकी ४० वर्षकी संगीता सापकोटाको आज निधन भएको हो । हिजो बिहान सापकोटाको घरमा स्टेसनरी पसल सञ्चालन गर्दै आएका ४५ वर्षिय कृष्णबहादुर क्षेत्रीले आफूमाथि आगो लगाएका थिए । उनलाई बचाउन गएकी सापकोटा पनि जलेर गम्भिर रुपमा घाइते भएकी थिइन् । सापकोटाको ८० प्रतिशत शरिर जलेको थियो । तर, उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । घाइते कृष्ण बहादुर क्षेत्रीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।