images
images

बलेफी हाइड्रोपावरको आईपीओः १८ लाख २७ हजार कित्ता सेयर निष्कासन

  • १६ चैत्र २०७८, बुधबार ०७:४६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँअंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्कासन गरेको हो । कम्पनीको कुल सार्वजनिक निष्कासनमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ छिटोमा चैत २१ गते र ढिलोमा चैत ३० गतेसम्म भर्न सकिनेछ । जसमा न्यूनतम १० र अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।