images
images

बागमती प्रदेश सरकारको प्रबक्तामा कानुनमन्त्री श्रेष्ठ

  • १६ चैत्र २०७९, बिहीबार १३:२४

हेटौँडा । बागमती प्रदेश सरकारको प्रबक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ चयन भएका छन् ।

मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई प्रबक्ताको जिम्मेवारी तोकेको हो । सिन्धुलीबाट प्रत्यक्षतर्फ निर्वाचित श्रेष्ठलाई गत माघ ११ गते प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कानुनमन्त्री नियुक्त गर्नुभएको थियो । श्रेष्ठ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता श्रेष्ठ सिन्धुलीबाट माओवादी केन्द्रको निर्वाचन चिन्हबाट निर्वाचन लडेका थिए ।