जिरी (दोलखा) । दोलखाको कालिञ्चोक गाउँपालिकामा बेवारिसे शव फेला परेको छ ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर १ स्थित टोमासे जंगलमा एक पुरुषको शव फेला परेको हो । सडेको अवस्थामा हिजो ति पुरुषको शव फेला परेको दोलखाका प्रहरी निरिक्षक सुशिल केसीले जानकारी दिनुभयो । यद्यपी उनको सनाखत भने खुलेको छैन् । बेवारिसे पुरुषको खल्तीमा गत वर्षको मंसिरमा केवुलबारको टिकट पनि फेला परेको थियो ।
उनको शव पोष्टमार्टको लागि चरिकोट अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक केसीले बताउनुभयो ।