images
images

चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक, हेनुहोस (भिडियोसहित)

  • १४ आश्विन २०७९, शुक्रबार १८:०६

चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक भएको छ ।

दिपावलीको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक भएको हो । काठमाडौंमा आज एक समारोहका बिच सार्वजनिक गरिएको ३ मिनेट १८ सेकेन्ड लम्बाईको कमेडी ट्रेलरमा काठमाडौंमा घर हुने र घर किन्न संघर्ष गर्ने पात्रहरुको कथालाई देखाइएको छ । ट्रेलरमा अभिनेता विपिन कार्कीलाई बढी प्राथमिकता दिइएको छ ।

भूकम्पले चर्किएको घरमा डेरा लिएर बस्ने एक दाम्पति सुरक्षा पन्त र दयाहाङ राई काठमाडौंमा घर किन्न ऋणका लागि बैंकबैंक धाएका छन् । उता काठमाडौंमा घर भएर पनि जेठी श्रीमतीले आफ्नो कब्जामा पारेपछि विपिन कार्की तनावमा मेडिटेसनका लागि डाक्टरसम्म पुगेका छन् । नक्कली लालपूर्जाको चलखेलले उब्जिएको समस्यालाई ट्रेलरमा रोचक शैलीमा उतारिएको छ ।