images
images

आकाशदीप साकोसको कुल पुँजी ३३ करोड

  • १३ कार्तिक २०७९, आईतवार १८:३६

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित आकाशदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल पुँजी ३३ करोड पुगेको छ ।

जिरी नगरपालिका वडा नम्बर ६ मानेडाँडास्थित आकाशदीप साकोसको कुल कुँजी ३३ करोड पुगेको हो । आज संस्थाको २९ औँ साधारणसभामा यस्तो जानकारी दिइएको हो । आर्थिक वर्ष २०७७÷७८ मा संस्थाको कुल पुँजी ३० करोड ५३ लाख ८४ हजार ७ सय ७६ रुपैंया थियो । गत आर्थिक वर्ष आकाशदीपको कुल पुँजी २ करोड ५३ लाख ८४ हजार ७ सय ७६ रुपैयाँले बढेको हो । यस्तै, आकाशदिपको शेयर पूँजी ३ करोड ६७ लाख ३२ हजार २ सय, ऋण लगानी २३ करोड ४५ लाख र कुल बचत २५ करोड ३ लाख ७ सय रुपैयाँ तथा जगेडा कोषमा १ करोड २४ लाख ७९ हजार ९ सय ५२ रुपैयाँ रहेको छ । एक वर्षमा आकाशदिपले ६७ लाख ७१ हजार ९ सय १ रुपैयाँ मुनाफा गरेको जनाएकोे छ । आकाशदिप बचत तथा ऋण सहकारी संस्थामा हाल ४ हजार ५ सय ८५ जना शेयर सदस्य रहेका छन् ।

साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन सचिव मिना जिरेलले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषध्यक्ष धनबहादुर जिरेलले प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, एसईइमा बढी जिपिए प्राप्त गर्ने उत्कृष्ट छात्रा छात्र र १ सय ४३ जना ज्येष्ठ नागरिकलाई पुरस्कृत पनि गरेको छ । साधारणसभाको जिरी नगरपालिकाका नगर प्रमुख मित्रबहादुर जिरेलले उद्धघाटन गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष बद्रीबहादुर खड्काको अध्यक्षतामा भएको साधारसभामा दोलखा जिल्ला बचत संघका अध्यक्ष भुमिराज खड्का, पुर्व सांसद इन्द्रबहादुर खड्का, जिरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मरिजबहादुर खड्का, जिरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर जिरेल, सल्लाहाकार पर्शुराम खड्का लगायतको सहभागिता रहेको थियो ।