images
images

दोलखामा रि–इलेक्सनः गठबन्धन दल आक्रमक शैलीमा चुनावी अभियानमा

जिरी (दोलखा) । दोलखाको १० मतदान केन्द्रमा पुनः निर्वाचन हुने भएपछि गठबन्धन दल आक्रमक शैलीमा चुनावी अभियानमा होमिएका छन् ।

नेकपा एमालेको माग अनुसार निर्वाचन आयोगले जिल्लाको ४ मतदानस्थलको १० मतदान केन्द्रमा पुनः निर्वाचन गर्न भनेपछि गठबन्धन दलका उम्मेदवार र नेता–कार्यकर्ता आक्रमक शैलीमा अभियानमा होमिएका हुन् । जिल्ला निर्वाचन व्यवस्थापन समितिको सोमबार बसेको बैठकले निर्वाचनको मिति पनि टुङग्याएपछि भोली (विहिबार) हुने निर्वाचनका लागि फेरी गठबन्धनका उम्मेदवारहरु मतदाता रिझाउन बैतेश्वर गाउँपालिकाकोे वडा नम्बर २ पुतलीकाठ, वडा नम्बर ३ मिर्गे र वडा ६ नाम्दु केन्द्रित भएका छन् । जफेमा पनि एक मतदानस्थलको मतदान रद्ध गरी पुनः मतदान गर्न लागिएपछि त्यसतर्फ पनि गठबन्धन दलका उम्मेदवार तथा कार्यकर्ता अभियानमा लागेका छन् ।

त्यसका साथै गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता–कार्यकर्ता सोमबारदेखिनै तीब्र प्रचारमा व्यस्त छन् । एमालेले बुथ कब्जा भएको र भयरहित वातावरणमा निर्वाचन हुन नसकेको  भन्दै पुनः मतदानको माग गर्दा मतगणनाको अडान लिएर धर्ना समेत बसेका गठबन्धनका उम्मेदवार अन्तिम निर्णय आएपछि अभियानमा होमिएका छन् । निर्वाचन आयोगले मतदान प्रकृया दोहोर्याएपनि जित आफुहरुकै उम्मेदवारको पक्षमा रहेको गठबन्धन दलको दावी छ ।

भोली (विहिबार) हुने निर्वाचनका लागि फेरी गठबन्धनका उम्मेदवारहरु मतदाता रिझाउन बैतेश्वर गाउँपालिकाकोे वडा नम्बर २ पुतलीकाठ, वडा नम्बर ३ मिर्गे र वडा ६ नाम्दु केन्द्रित भएका छन् ।जफेमा पनि एक मतदानस्थलको मतदान रद्ध गरी पुनः मतदान गर्न लागिएपछि त्यसतर्फ पनि गठबन्धन दलका उम्मेदवार तथा कार्यकर्ता अभियानमा लागेका छन् ।

बैतेश्वर र तामाकोशी गाउँपालिका दोलखाको निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको दोलखामा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गंगा कार्की र प्रदेशसभातर्फ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुण्दनराज काफ्ले उम्मेदवार छन् । मंसिर ४ गते आम निर्वाचन सम्पन्न भएसँगै निर्वाचनको परिणामको पर्खाईमा रहेका उनीहरु फेरी मैदानमा निस्किएका छन् । निर्वाचनको तयारी स्वरुप गठबन्धन दलले हिजोदेखि काठमाडौंबाट मतदाता जिल्ला झिकाइरहेका छन् ।

बैतेश्वरको वडा २, ३ र ६ तथा तामाकोशी ३ झुलेका काठमाडौंमा बसोबास गर्ने मतदातालाई जिल्ला ल्याउन लागिएको हो । २०७९ को आम निर्वाचनले दोलखामा व्यापक फेरबदल ल्याएको छ । वर्षाेदेखि निर्वाचनका बेला अशान्ति र बुथ कब्जाको घटनाले बद्नाम हुँदै आएको दोलखामा यो पटक सोही घटनालाई लिएर पुनः निर्वाचन गर्ने सम्मको अवस्था सिर्जना भएको छ ।

बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्र र तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख गरी १० मतदान केन्द्रमा भोली निर्वाचन हुँदैछ । रि–इलेक्सनको पूर्वसन्ध्यामा गठबन्धन दलले आफ्नो उम्मेदवारलाई जिताउन अपिल समेत गरेका छन् ।