images
images

डलर साट्ने बहानामा लुटपाट गर्ने सिन्धुपाल्चोकका पुरुष पक्राउ

  • १७ चैत्र २०७९, शुक्रबार १३:२४

सिन्धुपाल्चोक । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा डलर साट्ने बहानामा लुटपाट गर्ने सिन्धुपाल्चोकका एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे २ कर्थली घर भई भक्तपुरको बालकोट बस्दै आएका २८ वर्षिय भीम बहादुर तमाङ रहेका छन् । विभिन्न व्यक्तिहरुलाई फोन गरी डलर साटिदिन्छु भन्दै प्रलोभन देखाएर ३० लाख ५० हजार ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । डलर साट्ने बहानामा लुटपाट गर्ने मध्येका उनी मुख्य अभियुक्त भएको र अन्यको खोजीकार्य भइरहेको प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका तमाङलाई अनुसन्धान तथा कारवार्हीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।