images
images

बैतेश्वर गाउँपालिकामा लडेर एक पुरुषको मृत्यु

  • १७ जेष्ठ २०८०, बुधबार ०७:०४

जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकामा लेडर एक पुरुषको मृत्यु भएको छ ।

बैतेश्वर गाउँपालिका वडा नम्बर ४ काब्रेमा लडेर ५८ वर्षीय केदारबहादुर दाहालको मृत्यु भएको हो । हिजो बिहान करिब ११ बजे मादक पदार्थ सेवन गरी बाटोमा हिडिरहेका दाहाल लडेर घाईते भएका थिए । स्थानीयले उनलाई उद्धार गरी बैतेश्वर अस्पाताल लगेपनि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक विष्णुबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक दाहालको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् ।