images
images

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु

  • १७ जेष्ठ २०८०, बुधबार १०:२९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा मोटर साइकल दुर्घटना हुँदा २ युवकको मृत्यु भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुविण्डेमा मोटर साइकल दुर्घटना हुँदा सोही स्थानको १७ वर्षीय अनिल माझी र बलेफी गाउँपालिका २ नौबिसेका २२ वर्षीय प्रदीप माझिको मृत्यु भएको हो । चौताराबाट जलबिरे तर्फ जाँदै गरेको बा ४५ प ५५४१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक चन्द्र भुषण यादवले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकल करिब १ सय ५० मिटर तल खसेको थियो । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।