images
images

माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलको नेतामा जम्मरकट्टेल चयन

  • १६ पुष २०७९, शनिबार १६:४६

काठमाडौं ।  नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मरकट्टेल चयन भएका छन् ।

माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलको हिजो र आज बसेको संसदीय दलको बैठकले जम्मरकट्टेललाई चयन गरेको हो । काठमाडौंमा आज सम्पन्न संसदीय दलको बैठकले जम्मरकट्टेललाई संसदीय दलको नेता सर्वसम्मत चयन गरेको माओवादीका बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईले जानकारी दिनुभयो । बागमती प्रदेशसभा संसदीय दलको नेतामा जम्मरकट्टेल, युवराज दुलाल सरल सहयात्री पौडेल र गंगानारायण श्रेष्ठले आकांक्षा देखाएका थिए । आकांक्षी धेरै देखिएपछि पार्टी केन्द्रले जम्मरकट्टेललाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेको थियो ।

सो प्रस्तावलाई सर्वसममत पारित गरेको बताइएको छ । संसदीय दलको नेतामा सर्वसम्म चयन भएका जम्मरकट्टेल धादिङ निर्वाचन क्षेत्र १ (२)बाट बागमती प्रदेशसभामा निर्वाचित भएका थिए ।