images
images

शैलुङमा टाउको छुट्टिएको अवस्थामा युवकको शव फेला

  • १६ पुष २०८०, सोमबार १५:०६

दोलखा । दोलखाको शैलुङ गाउँपालिका ५ मा एक युवकको शब फेला परेको छ ।

शैलुङको वडा नम्बर ५ काटाकुटी स्थित वीरेन्द्र मावि नजिकै बजिनी खोल्सामा अन्दाजि २०/२५ वर्षिय युवकको शब फेला परेको हो । गहुँगोरो वर्णका साँढे चार फिट ईन्च भएका युवकको पहिचान भने खुल्न सकेको छैन । ती युवकको शब टाउको छुट्टिएको अवस्थामा फेला परेको शैलुङ गाउँपालिका ५ काटाकुटीका वडाअध्यक्ष दिलकुमार तमाङले जानकारी दिनुभयो । उहाँका अनुसार शबको टाउकोमा गम्भिर चोटपटक लागेको, शबको देब्रे हातको तीनवटा औँला समेत नभएको र दायाँ हातको बुढी औँला र चोर औँलाको बीचमा चिरेको जस्तो देखिएको छ । घटना चार पाँच दिन अघिको जस्तो देखिएको वडाअध्यक्ष तमाङले बताउनुभयो ।

घटनाको प्रकृति हेर्दा ती युवकको हत्या भएको जस्तो देखिएपनि सो स्थान आसपास भने रगतको दागधब्बा केही नदेखिएको स्थानीयले बताएका छन् । प्रहरीले घटनास्थल आसपासको अनुसन्धान गर्ने क्रममा घटनास्थलभन्दा केही माथि रगत लागेको अवस्थामा चस्मा फेला पारेको छ । दोेलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिएसपि दिपक खड्काले घटनावारे थप अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले शबको मुचुल्का उठाई पोष्टमार्टमका लागि पशुपति चौलागाईँ स्मृती अस्पतालमा ल्याउन लागिएको प्रहरीले जनाएको छ ।