images
images

सिन्धुलीमा अटो दुर्घटना, चालकसहित ३ जना घाईते

  • १८ माघ २०८०, बिहीबार ०८:४९

सिन्धुली । सिन्धुलीको विपी लोकमार्गमा अटो दुर्घटना हुँदा चालकसहित ३ जना घाइते भएका छन् ।

कमलामाई नगरपालिका–४ स्थित विपी लोकमार्गमा अटो दुर्घटना हुँदा सोही स्थानका चालक ४० वर्षीय अर्जुन कार्की, उनकी श्रीमती ३८ वर्षीया लक्ष्मी कार्की र महोत्तरी गौशला नगरपालिका–३ की नम्रता पौडेल घाइते भएका हुन् । चियाबारीबाट सिन्धुली बजारतर्फ आउँदै गरेको ना १ ह ५०६९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक चिरञ्जीवि दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था मध्यम रहेकोमा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अटो भने प्रहरीले नियन्त्रणमा लिएको छ ।