images
images

पनौतीमा अटो अनियन्त्रित भई दुर्घटना, चालकसहित चार जना घाईते

  • १८ माघ २०८०, बिहीबार १३:२८

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा अटो दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।
दुर्घटनामा परी अटो चालक पनौती नगरपालिका–९ का २३ वर्षीय विकास तिमिल्सिना, रोशी गाउँपालिका–३ की ७० वर्षीया रोमाकुमारी अधिकारी, पनौती नगरपालिका–१२ की ४१ वर्षीया चन्द्रावती केसी र पनौती नगरपालिका–१० की ३५ वर्षीया बिमला खत्री घाइते भएका हुन् । घाइतेमध्ये रोमाकुमारीको भने अवस्था गम्भीर रहेको छ भने अन्यको मध्यम रहेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९ ईट्टेस्थितमा शंखुबाट पनौती जाँदै गरेको ना २ ह ३६४२ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकबाट ८ फिट तल खसेर दुर्घटना भएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।

अटोमा ६ जना सवार रहेकोमा ४ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकाहरुकोे धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने अटो घटनास्थलमै रहेको छ ।