images
images

काभ्रेपलाञ्चोकमा ट्रिपर दुर्घटनाः दोलखाका चालकसहित ६ जना घाईते

  • २० चैत्र २०८०, मंगलवार ०६:५४

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा ट्रिपर दुर्घटना हुँदा दोलखाका चालकसहित ६ जना घाईते भएका छन् ।

दुर्घटनामा परी दोलखाको तामाकोशी गाउँपालिकाका ३० वर्षीय ट्रिपर चालक सिताराम खड्का, काभ्रेको चौरीदेउराली गाउँपालिका–६ का ५६ वर्षीय कोईला तामाङ, सोही स्थानका ६३ वर्षीय ताराराज गिरी, बलेफी गाउँपालिकाका ३० वर्षीय सुबास घिसिङ लगायत घाईते भएका हुन् । कात्तिके देउरालीबाट भिमपाईलातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–००६ ख ५९०५ नम्बरको खाली ट्रिपर आफैँ अनियन्त्रित भएर हिजो दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते मध्ये दोलखाका युवक खड्काको भने अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाईते भएका उनको जिल्ला अस्पतालबाट थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ रिफर गरिएको छ भने अन्यको अवस्था सामान्य रहेकाले जिल्ला अस्पतालमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रिपर बालुवा लोड गर्न जखाडीतर्फ जाँदै गरेको अनुमान गरिएको छ ।