images
images

भिरकोटमा ट्रकको ठक्करबाट पैदल यात्रामा निस्किएकी महिला घाईते

  • २१ माघ २०८०, आईतवार ०८:४१

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटमा ट्रकको ठक्करबाट स्थानीय एक वृद्धा घाइते भएकी छन् ।

मन्थलीबाट चरिकोटतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख १३०४ नम्बरको ट्रकले ठक्कर दिँदा पैदल यात्रा गदै गरेकी भिरकोटकी ७२ वर्षीया पम्फली माझी घाईते भएकी हुन् । हिजो करिब ५ बजे पैदल यात्रा गरिरहेकी ती वृद्धालाई ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते भएकी उनको चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचारपछि थप उपचारको लागि काठमाडौँ रिफर गरिएको बागमती प्रदेशको प्रहरी कार्यालयले जनाएको छ ।

माझीको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको अवस्था भने सामान्य रहेको छ ।