images
images

च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत युवती होस्टलको पाँचौं तलाबाट हाम फालिन्,अवस्था गम्भीर

जिरी(दोलखा) । दोलखा सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन् ।

पोखरा घर भई च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेर आत्महत्याको प्रयास गरेकी हुन् । विदामा घर गएकी उनी हिजो मात्रै चरिकोट फर्किएकी थिइन् । घरबाट आएको एक दिनमै उनले होस्टलको पाँचौ तलाबाट हाम फालेको कलेजका सञ्चालक पृथ्वी बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ती युवतीले डिप्रेसनको औषधि समेत सेवन गर्दै आएकी थिइन् ।

अहिले उनको च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेकोले काठमाडौं रिफर गरिएको दोलखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड्काले जानकारी दिनुभयो । यद्धपी उनले किन आत्महत्याको प्रयास गरेको हो भन्नेबारे केही खुलेको छैन । डिएसपी खड्काले घटनाका बारेमा अनुषन्धान भईरहेको जानकारी दिनुभयो ।