images
images

सिन्धुलीमा मोटरसाईकल दुर्घटनामा घाईते भएका तीन जनामध्ये दुईको मृत्यु,

  • २० पुष २०८०, शुक्रबार १६:४३

सिन्धुली । सिन्धुलीमा यही पौस ११ गते भएको मोटरसाईकल दुर्घटनामा घाईते भएका तीन जनामध्ये दुईजनाको मृत्यु भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका १ देवीथान स्थित विपि लोकमार्गमा पौस ११ गते भएको दुर्घटनामा गम्भिर घाईते एकजनाको मृत्यु भैसकेको छ भने एक जनाको आज मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक सिन्धुलीको तीनपाटन गाउँपालिका ११ घर भई हाल महोत्तरीको बर्दिबास नगरपालिका १ बस्ने ३८ बर्षिय खुसिराज काफ्लेको आज मृत्यु भएको हो । मोटरसाईकल दुर्घटनामा दाहिने खुट्टा र टाउकोमा चोट लागेका उनको आइसियुमा उपचार पछि स्वास्थ्यमा केही सुधारपछि घर लगेकोमा आज मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका रामेछापको लिखु तामाकोशी गाउँपालिका ६ का २३ वर्षिय जीवन तमाङको पौस १३ गते मृत्यु भएको थियो । मोटरसाईकल दुर्घटनामा हातखुट्टा र टाउकोमा चोट लागेका उनको बासबारी न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा घाईते मोटरसाईकल पछाडि सवार रामेछापको लिखु तामाकोशी गाउँपालिका ६ का २३ वर्षिय दोर्जे तमाङको हाल बासवारी न्युरो अस्पतालमा उपचार भैरहेको छ । उनको टाउको, हातखुट्टा र शरीरको बिभिन्न भागमा चोट लागेको र अवस्था सुधारोन्मुख रहेको अुस्पतालले जनाएको छ । काठमाण्डौँबाट रामेछापतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२७ प १०८९ नम्बरको मोटरसाइकल र विपरीत दिशा सिन्धुलीबाट काठमाडौं जाँदै गरेको प्र २–०४–००१ प २५५२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्कीएर पौस ११ गते दुर्घटना भएको थियो ।